अन्तर्वार्ता

नयाँ पार्टी जसपाले पठायो थप दुईमन्त्री र एक राज्यमन्त्रीको नाम

३१ बैशाख २०८१, सोमबार ०८:५३

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा सहभागीताका लागि थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ ।

वन तथा वातावरण मन्त्रालयमा नवल किशोर साह सुडी रहेका छन् । अब उपमहासचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खानलाई राज्यमन्त्रीमा सिफारिस गरेको स्रोतले जनाएको छ।

यादवको स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको स्रोतको भनाई छ। झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ । उपेन्द्रको ठाउँमा पार्टी फुटाउन महत्वपूर्ण भूमिका खेलेका प्रदीप यादवलाई पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्