अन्तर्वार्ता

महानगर प्रमुख सिंहले गरे स्वास्थ्य चौकीको शिलान्यास

३१ बैशाख २०८१, सोमबार ०९:४७

३१ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा नं. १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको वडा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ ।
आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको वडा कार्यालयको सोमबार एक कार्यक्रमकाबीच प्रमुख सिंहले शिलान्यास गर्नुभएको हो ।

वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको हो ।  स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै महानगर प्रमुख सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पु¥याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिनुभयो ।

महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ । यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।

शिलान्यास कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागिता रहेको थियो ।

#वीरगञ्ज महानगरपालिकाका

प्रतिक्रिया दिनुहोस्