आर्थिक

दुर्गा प्रसाँई नेतृत्वको समूहद्वारा कलैयाको एभरेष्ट बैंकमा पनि प्रदर्शन

३१ बैशाख २०८१, सोमबार ११:३९

वीरगन्ज, ३१ बैशाख । दुर्गा प्रसाँई नेतृत्वको राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान बाराले कलैयामा बिरोध -याली निकालेको छ । कलैयाको एभरेस्ट बैंक अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका छन ।

बैंकका शाखा प्रमुखको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । एभरेस्ट बैंकबाट ऋण लिएर बैंकले किस्ता तिर्न ताकेता गर्दा बर्दियामा खुशिराम चौधरीले पासो लगाएर आत्म हत्या गरेपछि अभियानले देशभरका बैंकका शाखाहरुमा प्रदर्शन गर्ने क्रममा बारामा पनि प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले बैंकमा ताल्चा लगाउने योजना सहित विरोध प्रदर्शन गरेको अभियान बाराका उपाध्यक्ष बलिराम पासवानले बताउनुभयो ।

जिल्ला अध्यक्ष धिरज प्रसाद केशरीको नेतृत्वमा गएका प्रदर्शनकारीहरुले एभरेष्ट बैंक अगाडि बसिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

प्रदर्शनकारीले चलाएको ढुङ्गाबाट बैंकको गेटको शिसा फुटेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्गा प्रसाँई नेतृत्वको अभियानले देशभर अभियान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्