प्रदेश समाचार

नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी

१ जेष्ठ २०८१, मंगलवार ११:१०

काठमाडौं । संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको सुरु भएको बैठक जारी छ । सोमबार दिउँसो तय भएको बैठक स्थगित भएको थियो ।

गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा अडिग छ ।

सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयसम्म अवरोध खुल्ने दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्