अन्तर्वार्ता

कांग्रेसले संसदमा फेरी उठाउने भयो अर्को एजेण्डा

१ जेष्ठ २०८१, मंगलवार १२:४३

१ जेठ, काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले सदनमा फेरी अर्को एजेण्डा उठाउने भएको छ ।

राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए ।

उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।

गिरीबन्धुको फैसलाबारे राजनीतिक नेतृत्व मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

सर्वोच्चको फैसलामा चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्