अन्तर्वार्ता

दाङमा वडा जनप्रतिनिधिबाट प्रधानाध्यापक कुटिए

१ जेष्ठ २०८१, मंगलवार १२:५९

१ जेठ, दाङ । दाङको एक विद्यालयमा वडा सदस्यबाट प्रधानाध्यापक कुटिएका छन् ।

जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतबाट कुटिएका हुन् ।

वडा सदस्यको कुटपिटबाट प्रधानाध्यापकको आँखा, टाउको र हातमा चोट लागेको छ ।

वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए ।

प्रधानाध्यापक खत्रीका अनुसार विद्यालयको विषयमा छलफल भइरहेकोबेला वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गरेर स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको भनेर प्रश्न गरेका थिए ।

विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्नेबित्तिकै प्रधानाध्यापक प्रमोद बस्नेतमाथि जाईलागे ।

वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्