अन्तर्वार्ता

पर्सा प्रहरीले बैशाख महिनामा ग-यो ६ करोड बढीको सामान बरामद

१ जेष्ठ २०८१, मंगलवार १३:५८

वीरगन्ज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले चालू आर्थिक बर्षको बैशाख महिनामा ६ करोड १३ लाख ६८ हजार बाराबरको विभिन्न सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट ६ करोड १३ लाख ६८ हजार ४४ रुपैंयाको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानहरु लत्ताकपडा, खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै फैसला कार्यन्वयन तर्फ १५१ जनाबाट ५ वर्ष २९ दिन कैद बापद १५ लाख ८ हजार ७४२ जरिवाना असुल गराएको छ ।

चालु मुद्दाका फरार प्रतिवादी पक्राउ ११ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी नक्कली नोट १ लाख २३ हजार, हुण्डी कारोवारी ३ जना पक्राउ गरी उनीहरुको साथबाट ३५ लाख २० हजार सातसय नगद पनि बरामद गरेको छ ।

यो महिनामा ४२ वटा चोरी भएको मोबाईल फेला पारी सम्बन्धितधनीलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

हातहतियार खरखजानातर्फ एको अमेरिकन पेस्तोल पनि बरामद गरेको छ । प्रतिबन्धित लागु औषधतर्फ १५ केजी गाँजा, ५७.४५ ग्राम खैरो हिरोईन,

कोरेक्स–६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद गरेको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्